logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

धनकौलमा ट्याक्टरको ठक्करबाट बालिकाको ज्यान गयो


  • उज्यालो अभियान

बरहथवा, ०३ माघ – गएसाँझ जिल्लाको दक्षिण पश्चिम भेग धनकौल गाउँपालिकामा गएसाँझ ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ ।

धनकौल गाउँपालिका–५, हरकठवागोठ भन्ने ठाउँमा ना ४ त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका उमेश महतोकी छोरी १० वर्षीया गौरीकुमारी महतोको ज्यान गएको हो । बाटोमा हिँडिरहेका बेला ट्याक्टरको ठक्करबाट बालिका गम्भीर घाइत भएको र उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनायो ।

बालिकाको शव पोष्टमार्टमका लागि अहिले बिहानसम्म सोही अस्पतालमा राखिएको छ ।

दुर्घटनापछि ट्याक्टर इलाका प्रहरी कार्यालय हरकठवा र चालक इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज राईले बताए ।