logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

माघी पर्व : हरिपुरमा शुक्रबार पनि बिदा, भोलीदेखि माघी महोत्सव


  • उज्यालो अभियान

चिताइन, ०१ माघ – थारु समुदायको बाक्लो बसोवास रहेको हरिपुर नगरपालिकामा भोली पनि सार्वजनिक बिदा दिइएको छ ।

नगरप्रमुख गोपाल पजियारले सूचना जारी गर्दै माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा भोली शुक्रबारसमेत नगरभित्र सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् । माघे संक्रान्तिको अवसरमा संघीय सरकारले आज एक दिन देशभर नै सार्वजनिक बिदा दिएको छ ।

भोली शुक्रबार नगरपालिका क्षेत्रमा विशेष माघी महोत्सवसमेत आयोजना गरिएकाले बिदा दिने निर्णय गरिएको नगरप्रमुख पजियारले बताएका छन् । उनका अनुसार भोली नगरपालिका कार्यालयसहित वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरु बन्द रहने छन् ।

हरिपुर नगरपालिकाले माघे संक्रान्तिको अवसरमा नगरभित्र माघी महोत्सव आयोजना हुने भएकाले वर्षेनि माघ २ गते सार्वजनिक बिदा दिँदै आएको छ । थारु कला संस्कृति आयोजना समितिले हरिपुर नगरपालिका–७, चिताइन पचगछियामा शुक्रबार, शनिबार र आइतबार आठौं राष्ट्रिय तिला संक्रान्त माघी महोत्सवको आयोजना गरेको छ ।

तीन दिने माघी महोत्सवमा झाँकी, र्याली तथा शुभकामना आदानप्रदान, थारु कला संस्कृति प्रतियोगिता, थारु परिकारलगायत आकर्षण रहेको आयोजकका अरविन्द चौधरीले जानकारी दिए ।