logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेपाल मगर संघ सर्लाहीको नेतृत्व फेरियो, कामना बने अध्यक्ष


  • उज्यालो अभियान

नेपाल मगर संघ सर्लाहीको अध्यक्षमा सर्वसम्मत चयन भएका कमलबहादुर क्यापछाकी (कामना) ।

बागमती, २६ पुस – नेपाल मगर संघ सर्लाहीको नेतृत्व फेरिएको छ ।

आठौं जिल्ला अधिवेशनबाट कमलबहादुर क्यापछाकी (कामना) अध्यक्ष रहने गरी २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । अधिवेशनको उद्घाटन पुस १९ गते नै बागमती नगरपालिका १ मिलनचोकस्थित मगर गुम्बामा भएको थियो ।

नेतृत्व भने बल्ल चयन भएको हो । नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डोमबहादुर थापा मगर, उपाध्यक्षमा छत्रबहादुर दर्लामी मगर र सुमित्रा लुंगेली मगर, कोषाध्यक्षमा मनु आले मगर, सचिवमा सन्जय बलम्पाकी मगर, सहसचिवमा नवराज आले मगर, पावल थापा मगर, ज्ञानबहादुर किङरिङ मगरलगायत अन्य सदस्य रहेका नेपाल मगर संघ मधेश प्रदेशका महासचिव तेजनारायण आले मगरले जानकारी दिए ।

आलेका अनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज प्रमाण पत्र वितरण गरिएको छ ।

नेपाल मगर संघका केन्द्रीय सदस्य दिलबहादुर किङरिङको प्रमुख आतिथ्यता तथा मधेश प्रदेशसभाका सदस्य बेची लुंगेली, लेखराम जर्गा मगर, कार्यमान पुलामी लगायतको आतिथ्यता रहेको थियो ।