logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लखन्देही पुलमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको ज्यान गयो


  • उज्यालो अभियान

नवलपुर, ०९ पुस – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर लखन्देही पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ६३ प ५६९४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु मलङ्गवा नगरपालिका–७, मुसैली बस्ने ७० वर्षीय रामविलास महतोको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई नवलपुरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–१७, रानिगन्जकी २९ वर्षीया बिर्सनामाया भुजेल सामान्य घाइते भएकोमा उपचारपश्चात उनी भने डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाएको छ ।