लालबन्दी, २९ मंसिर – उज्यालो अभियान दैनिक तथा उज्यालो अभियान अनलाइनका समाचार प्रमुख जनार्जन खत्री सम्मानित भएका छन् ।
ईश्वरपुर नगरपालिका वडा नं. १२ कालिन्जोर घारिबथानलाई सोमबार बालविवाहमुक्त तथा सतप्रतिसत विद्यार्थी भर्ना वडा घोषणा कार्यक्रममा गोरखापत्र दैनिकका सर्लाही समाचारदाता तथा सामुदायिक रेडियो एकता ९२.४ मेगाहर्जका समाचार सम्पादकसमेत रहेका खत्री सम्मानित भएका हुन् । बालविवाहमुक्त तथा सतप्रतिसत विद्यार्थी भर्ना वडा घोषणाका लागि प्रारम्भदेखि नै पुर्याएको योगादनको उच्च कदर गर्दै सम्मान गरिएको खत्रीलाई प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ ।
खत्रीलाई ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, उपमेयर रन्जितादेवी चौधरी, ईश्वरपुर १२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव), ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवी न्यौपानेलगायत भएर सम्मान गरेका छन् ।