logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मलंगवामा आज माछामासु र मदिरा बिक्री गर्न रोक


  • उज्यालो अभियान

मलंगवा, २९ मंसिर – सर्लाही सदरमुकाम मलंगवामा आज एक दिनका लागि पशुपन्छी जीवजन्तुको बध, मदिरा, माछा, मासुको बिक्री गर्न निषेध गरिएको छ ।

आज श्रीमद् भागवत महापुरान ज्ञान महायज्ञको कलश यात्रा निकाल्न लागिएकाले मलंगवा नगरभित्र माछामासु र मदिरा बिक्री गर्न रोक लगाइएको हो । नगरपालिका कार्यालयले सूचना नै जारी गरेर माछामासु र मदिरा बिक्रीमा रोक लगाएर सहयोग गरिदिन आग्रह गरेको छ ।

मलंगवामा ७ दिने १०८ भव्य संगीतमय श्रीमद् भागवत महापुरण ज्ञान महायज्ञको उद्घाटन अन्तर्गत आज कलश यात्रा निकाल्न लागिएको स्थानीयले बताएका छन् ।