logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

आयोजक नवसंघर्षशील यूवा क्लब उपाधि नजिक


  • उज्यालो अभियान

वुद्धबहादुर विश्वकर्मा/हरिपुर, २८ मंसिर – प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधिका लागि आयोजक नवसंघर्षशील यूवा क्लब र टिएसपी एफसी धनुषाले खेल्ने भएका छन् ।

धनुषा यसअघि हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा एभरेष्ट एकडेमी लालबन्दीलाई टाइबे्रकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । आज सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा मोफसलको चर्चित वीरगन्ज युनाइटेड क्लब पर्सामाथि १–० को कठीन जित निकाल्दै आयोजकले धनुषासँगको भेट पक्का गरेको हो ।

आयोजक नवसंघर्षशील यूवा क्लब हरिपुरलाई उपाधि नजिक पुर्याउन खेलमा मध्यान्तरपछि मिलन चाम्लिङ राईले गरेको एक मात्रै गोल निर्णायक बन्यो । आजको खेलमा म्यान अफ द म्याच बन्न सफल राईले १ हजर ५०० नगद पुरस्कारसमेत प्राप्त गरेका छन् ।

प्रतियोगिताको फाइनल भिडन्त पर्सी पुस १ गते हुने छ । बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

हरिपुर २ स्थित सानोजगतपुर खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेलअघि भोली २९ गते एभरेष्ट फुटबल एकेडेमी लालबन्दीका महिला खेलाडी र रौतहटको चन्द्रनिगाहपुरका महिला खेलाडीबिच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष अमृत घिसिङले बताए ।

हरिपुर नगरपालिका र हरिपुर नगरपालिका २ नं. वडा कार्यालयको आर्थिक सहयोगमा प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना भइरहेको हो ।