लालबन्दी, १५ मंसिर – सर्लाहीको लालबन्दीबाट एक बालक हप्ता दिनदेखि बेपत्ता भएका छन् ।
स्थायी घर कविलासी नगरपालिका ७ सिर्सिया भई लालबन्दी ९ बस्तीपुर बस्ने विजय महतोको छोरा अंकित महतो एक हप्तादेखि बेपत्ता भएका हुन् । गोल्डेन फ्यूचर एकेडेमीमा कक्षा ७ मा पढ्ने अंकितलाई परिवारले निरन्तर खोजी गरेपनि फेला पार्न सकेका छ्रैनन् ।
बालक हराएकोबारे इलाका प्रहरी कार्यालय लालबन्दीलाई समेत जानकारी गराइएको परिवारले जनाएको छ ।
लालबन्दी प्रहरीले बेपत्ता बालकको खोजी जारी रहेको जनाएको छ ।