logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सनराइज आइडल सिजन १ : समस्तीलाई उपाधि


  • उज्यालो अभियान

हरिवन, १३ मंसिर – कक्षा ५ मा अध्ययनरत् छात्रा समस्ती अर्यालले सनराइज आइडल सिजन १ को उपाधि जितेकी छन् ।

विद्यालयको कक्षा ४ देखि १० सम्म अध्ययनरत् ६० जना विद्यार्थी सहभागी गायन प्रतियोगितामा कक्षा ५ की अर्याल प्रथम हुन सफल भएकी हुन् । बिजेता उनलाई विद्यालयले कप र प्रमाण–पत्र प्रदान गरी सम्मान गरेको छ ।

यस्तै विद्यालयको कक्षा ९ की छात्रा आकृति वाइबा प्रथम रनर–अप बन्न सफल भएकी छन् । विद्यालयले यसरी प्रथम पटक आयोजना गरेको गायन प्रतियोगितामा निर्णायकको रुपमा तेजनारायण आले र अयुब भट्टराई रहेका थिए ।

विद्यालयका प्रवन्ध निर्देशक प्रवेश पोखरेलले विद्यार्थीको शैक्षिकसँगै व्यत्तित्व र सिर्जनात्मक विकास गर्न पहिलो पटक सनसाइन आइडल सिजन १ नाम दिएर गायन प्रतियोगिता सम्पन्न गरिएको बताए ।