हरिपुर, २८ कात्तिक – सर्लाहीको हरिपुर नगरपालिका २ स्थित शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको आज २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रमेशकुमार साहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । संस्थाले कात्तिक २६, २७ र २८ गते तीन दिनमा साधारण सभा सम्पन्न गरिएको संस्थाले जनाएको छ ।
साधारण सभाबाट गत आर्थिक वर्ष २०८१/८२ को खर्च पारित र चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट पारित भएको संस्थाका संस्थापक अध्यक्ष विष्णुप्रसाद चालिसेले जानकारी दिए ।