logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जेनजी आन्दोलनले स्थगित वडाध्यक्ष कप भोलीदेखि


  • उज्यालो अभियान

पत्थरकोट, ११ कात्तिक – जेनजी आन्दोलनका कारण यसअघि स्थगित गरिएको आठौं लालबन्दी नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिता भोलीबाट सुरु हुने भएको छ ।

अघिल्लो महिना असोज २१ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको थियो । तर जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट नगरपालिका कार्यालय नै ध्वस्त पारिएपछि प्रतियोगिता स्थगित गरियो ।

स्थगित उक्त फुटबल प्रतियोगिता भोलीबाट लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेडास्थित फुटबल मैदानमा सुरु गर्न लागिएको हो । लालबन्दी १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । उना अनुसार प्रतियोगितामा लालबन्दी नगरपालिकाको १७ वटै वडाले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भोली आयोजक लालबन्दी वडा नं. १३ ले लालबन्दी वडा नं. ८ सँग प्रतिस्पर्धा गर्ने छ । लालबन्दी नगरपालिका र वडा नं. १३ को वडा कार्यालयले संयुक्तरुपमा प्रतियोगिताको आयोजना गरेका हुन् ।

प्रतियोगिताको बिजेता वडालाई एक लाख ११ हजार १११ रुपियाँ, उपबिजेता वडालाई ५५ हजार ५५५ रुपियाँ र तेस्रो हुने वडालाई ३३ हजार ३३३ रुपियाँ प्रदान गरिने लालबन्दी नगरपालिका कार्यालयले जनाएको छ ।