सन्जु कर्ण/हरिवन १० कात्तिक – आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छठका व्रतालुहरु अहिले राति छठघाटमै जाग्राम बसिरहेका छन् ।

उनीहरु अब भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै घर फर्किने छन् । भोली सबेरै घाम झुल्किने बित्तिकै अर्घ चढाएपछि यो वर्षको छठपर्व सकिने छ ।
सर्लाहीमा अहिले प्रत्येक छठघाटमा चहलपहल छ । जताततै छठका गीत गुन्जयमान बनेका छन् । व्रतालुसँगै उनीहरुको परिवारका सदस्य र अन्य मानिस पनि छठको रमाईलो हेर्न छठघाटमा पुगेका छन् ।
हाम्रा संवाददाता र सामाजिक सन्जालबाट लिएको थप तस्बीर हेर्नुहोस्








