logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सहमती नजुटेपछि बजार व्यवस्थापन तदर्थ समिति नगरपालिकाले नै चयन गर्ने


  • उज्यालो अभियान

हरिपुर, ०८ कात्तिक – सर्लाहीको हरिपुर बजारमा व्यवस्थापन तदर्थ समिति चयन गर्ने जिम्मेवारी नगरपालिका कार्यालयले नै पाएको छ ।

लामो समयदेखि समितिविहीन रहेको बजारमा व्यवस्थापन समिति चयन गर्न आज नगरपालिका कार्यालयमा सर्वपक्षिय भेला आयोजना गरिएको थियो । भेलामा बजार समितिको अध्यक्षका लागि सत्रुधन मण्डल र ओमप्रकाश साहले प्यानलसहित दावी गरेका छन् ।

उनीहरुबिच तदर्थ समितिको पदाधिकारी तथा सदस्यमा को–को बस्ने भन्ने निर्णय भेलाबाट तथा पछि दुई पक्षबिचको छलफलबाट पनि टुंगो लाग्न सकेन । सर्वसहमती हुन नसकेपछि अब दुवै पक्षले दिएको नामबाट समेटिने गरी नगरपालिका कार्यालयको कार्यपालिका बैठकबाट हरिपुर बजार व्यवस्थापन तदर्थ समिति घोषणा गर्ने निर्णय भएको छ ।

व्यापारी, नगरका क्रियाशील राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा भएको भेलामा हरिपुरका नगरप्रमुख गोपाल पजियार, बजार रहेको क्षेत्र पर्ने हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापालगायतको उपस्थिति रहेको थियो ।