लालबन्दी, ०८ कात्तिक – लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा रहेको माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न देउसीभैलो खेलिएको छ ।
देउसीभैलोबाट एक लाख ५६ हजार ४०० रुपियाँ सङ्कलन भएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीले सामूहिक रुपमा खेलिएको देउसीभैलोबाट सो रकम सङ्कलन भएको विद्यालय प्रधानाध्यापक गोपाल श्रेष्ठले जानकारी दिए ।
देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट स्थापना गरिने अक्षय कोषबाट प्राप्त ब्याजले विद्यालयका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर पाख्रिन (उदय) ले बताएका छन् ।