मलंगवा, २५ भदौ – जेन-जी आन्दोलन अन्तर्गत मंगलबारयता सर्लाहीका विभिन्न स्थानमा रहेका एकदर्जन बढी प्रहरी चौकीहरु विस्थापित भएका छन् ।
आन्दोलननका नाममा भएका अराजक गतिविधीका कारण सर्बसाधारणलाई सुरक्षा दिनुपर्ने सर्लाहीका प्रहरी चौकी एवं अस्थायी प्रहरी चौकी विस्थापित भएका हुन् । बुधबारसम्म सर्लाहीका एकदर्जन बढी प्रहरी चौकीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए ।
बुधबार दिउँसोसम्म सर्लाहीको दक्षिणी क्षेत्रस्थित कबिलासी, हरिपूर्वा, नारायणपुर, बहादुरपुर, संग्रामपुर, सोल्टी, राजघाट, हजरिया, कौडेना, मधुवनगोठ तथा महेन्द्र राजमार्ग क्षेत्रस्थित फुलजोर, परवानीपुर, घारिबथान लगायत अस्थायी एवं स्थायी प्रहरी चौकीहरु विस्थापित भइसकेका छन् । अनुगमनका क्रममा पुगेका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नेपाली सेना कालिध्वज गण पाँचकुमारीका गणपति उमेश खड्का, सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्द लगायत सुरक्षा अधिकारीहरु समक्ष विस्थापित प्रहरी इकाईहरु पुनर्स्थापनाका निमित्त स्थानीयले अनुरोध गरिरहेका छन् ।
पछिल्लो घटनाक्रमका कारण आइपरेको परिस्थितीले विस्थापित सुरक्षा इकाईहरुलाई पुनर्स्थापित गर्नका लागि आफ्नो तर्फबाट सक्दो पहलकदमी रहने एसपी खड्काले उज्यालो अभियानलाई जानकारी दिए ।
यद्यपी बुधबार बिहानबाट नेपाली सेनाले सुरक्षाको जिम्मेवारी सम्हालेपश्चात सर्लाहीको सुरक्षा अवस्था तुलनात्मक रुपमा सुदृढ बनेको छ । नेपाली सेनाको पाँचकुमारीस्थित कालिध्वज गणका गणपति प्रमु्ख सेनानी उमेश खड्काले हाल सर्लाहीको अवस्था नियन्त्रणमै रहेको जानकारी दिए ।
योपनि पढ्नोस्
अराजक गतिविधी गरेको आरोपमा सर्लाहीबाट १४ जना पक्राउ
अशोक यादवविरुद्ध राज्य विद्रोहको मुद्धा अन्तर्गत कारबाही अगाडी बढाइयो