logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अराजक गतिविधी गरेको आरोपमा सर्लाहीबाट १४ जना पक्राउ


  • उज्यालो अभियान

मलंगवा, २५ भदौ – शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधि गरेको भन्दै प्रहरीले सदरमुकाम मलंगवाबाट बुधबार १४ जनालाई नियन्त्रणमा लिएको छ ।

जेन-जी आन्दोलनको नाममा बुधबार सदरमुकाम मलंगवा क्षेत्रमा सर्वसाधारण एवं सार्वजनिक सम्पतिको तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको हो । आन्दोलनका नाममा अराजक गतिविधी गर्ने १४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र खड्काले जानकारी दिए । एसपी खड्काका अनुसार आवश्यक कारबाही प्रकृयाका लागि पक्राउ परेका विरुद्ध आवश्यक छानविन एवं अनुसन्धान भईरहेको छ ।

बुधबार बिहान सदरमुकाम मलंगवामा कारागार कार्यालयमा कैदीबन्दीले गरेको आन्दोलन तथा अशोक यादवलाई पक्राउ गरेपछि सदरमुकाम मलंगवाका केही स्थानमा भएको छिटफुट बाहेक अपृय घटना नभएको प्रहरीले जनाएको छ ।

योपनि पढ्नोस्

अशोक यादवविरुद्ध राज्य विद्रोहको मुद्धा अन्तर्गत कारबाही अगाडी बढाइयो

तनावग्रस्त बनेको मलंगवा कारागारको अवस्था नियन्त्रणमा आयो