मलंगवा, २५ भदौ – जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान साँढे ८ बजेदेखि सर्लाही जिल्लाभर कर्फ्यू आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क र ख बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसी बहादुर श्रेष्ठले अर्को आदेश नआउञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् । पूर्व महोत्तरी जिल्लाको सिमाना बाँके, पश्चिम रौतहट जिल्लाको सिमाना बागमती नदी किनार, उत्तर सिन्धुली जिल्लाको सिमाना र दक्षिण भारतीय सिमानाको चारकिल्ला भित्र कर्फ्यू आदेश जारी गरिएको सीडीओ श्रेष्ठले जारी गरेको आदेशमा उल्लेख छ ।
योपनि पढ्नोस्
जेन-जी आन्दोलनका क्रममा मंगलबार दिनभर सर्लाहीमा के-के भयो ?
सर्लाहीमा नेपाली सेनाको गस्ती निस्कियो