(तस्बीर : फाईल तस्बिर\उज्यालो अभियान)
हरिवन, २४ भदौ – जेन-जी आन्दोदलनका कारण पछिल्लो समय आइपरेको परिस्थितीलाई मध्यनजर गर्दै सर्लाहीमा पनि मंगलबार रातीबाट नेपाली सेनाले गस्ती सूरु गरको छ ।
मंगलबार राती १० बजेबाट नेपाली सेनाको लालबन्दी नगरपालिका-२ पाँचकुमारीस्थित कालिध्वज गणको टोलीले सर्लाहीका विभिन्न स्थानमा गस्ती सूरु गरेको हो । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाको निर्देशन अनुसार सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षानिकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिती नियन्त्रण गर्न गस्ती सूरु गरिएको नेपाली सेना पाँचकुमारी गणले जनाएको छ ।
जेन-जी आन्दोलनका कारण सोमबारयता मुलुक अस्तव्यस्त बनेका कारण मंगलबार रातीबाट नेपाली सेनाको टोली गस्तीमा उत्रिएको हो ।
योपनि पढ्नोस्