टंक बहादुर क्षेत्री/मलंगवा, ०२ साउन – आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेश सरकारबाट सर्लाहीस्थित २० वटा पालिकालाई प्राप्त ४४ करोड ६२ लाख ३५ हजार रुपैंयामध्ये ४ करोड ८२ लाख ७८ हजार ४४० रुपैंया खर्च हुन नसकी फिर्ता (फ्रिज) भएको छ ।
प्रदेश सरकारबाट पालिकाहरुलाई समानिकरण अनुदान, विषेश अनुदान, समपुरक अनुदान र सशर्त अनुदान शिर्षकमा उक्त बजेट विनियोजित भएको थियो । १२ वटा पालिकाले प्रदेश सरकारबाट विनियोजित सम्पूर्ण बजेट खर्च गर्न सकेनन् । ८ वटा पालिकाले भने प्रदेश सरकारबाट प्राप्त सम्पूर्ण बजेट खर्च गरे ।
कविलासी नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त २ करोड ३३ लाख १३ हजार रुपैंयामा ६० लाख खर्च गर्न सकेन भने हरिपूर्वा नगरपालिकालाई प्राप्त २ करोड २३ लाख ७८ हजार रुपैंयामा ५० लाख खर्च हुन सकेन । त्यसैगरी गोडैता नगरपालिकालाई प्राप्त २ करोड ४१ लाख १४ हजार रुपैंयामध्ये ५० लाख रुपैंया फ्रिज भयो भने हरिपुर नगरपालिकालाई विनियोजित २ करोड २९ लाख २८ हजार रुपैंयामा ५० लाख रुपैंया फिर्ता भयो । त्यस्तै ब्रह्मपुरी गाउँपालिकाले प्राप्त २ करोड ३ लाख ६५ हजार रुपैंयामा ५० लाख खर्च गर्न सकेन भने बसबरिया गाउँपालिकालाई विनियोजित १ करोड ९३ लाख ४७ हजार रुपैंयामा ५० लाख खर्च हुन सकेन ।
२ करोड ६२ लाख ९४ हजार रुपैंया बजेट आएको लालबन्दी नगरपालिकामा ३४ लाख ९२ हजार ९१० रुपैंया फिर्ता भएको छ भने २ करोड ५८ लाख १८ हजार रुपैंया पाएको ईश्वरपुर नगरपालिकामा २५ लाख रुपैंया फ्रिज भएको छ । मलंगवा नगरपालिका, कौडेना गाउँपालिका र पर्सा गाउँपालिकाले भने समान २०-२० लाख रुपैंया खर्च गर्न सकेनन् । मलंगवालाई २ करोड ४६ लाख ६६ हजार, कौडेनालाई १ करोड ९६ लाख ९ हजार र पर्सा गाउँपालिकालाई १ करोड ९० लाख २ हजार रुपैंया प्रदेश सरकारबाट विनियोजित थियो । १ करोड ९५ लाख ४२ हजार रुपैंया बजेट पाएको विष्णु गाउँपालिकाले २ लाख ८५ हजार ५३० रुपैंया खर्च गर्न सकेन ।
बलरा नगरपालिकालाई प्राप्त २ करोड ३९ लाख ८४ हजार रुपैंया तथा हरिवन नगरपालिकालाई प्राप्त २ करोड ४१ लाख ५४ हजार नै खर्च भएको छ । त्यस्तै बरहथवा नगरले पाएको २ करोड ७१ लाख १४ हजार रुपैंया तथा बागमती नगरले पाएको २ करोड ३५ लाख ८४ हजार रुपैंया सबै खर्च गरेका छन् ।
त्यस्तै चक्रघट्टा गाउँपालिकामा विनियोजित १ करोड ९८ लाख ७४ हजार रुपैंया तथा रामनगर गाउँपालिकालाई प्राप्त २ करोड १ लाख ९३ हजार रुपैंया नै खर्च भएको छ । २ करोड ७ लाख ४१ हजार रुपैंया पाएको चन्द्रनगर गाउँपालिका र १ करोड ९३ लाख ४७ हजार रुपैंया पाएको धनकौल गाउँपालिकाले सबै बजेट खर्च गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिकवर्षमा हुने खर्चको भुक्तानी असारमसान्तको कम्तीमा ७ दिनअघि नै गर्नुपर्ने व्यवस्था रहेकाले यसवर्ष सरकारी कार्यालयहरूको भुक्तानी असार २५ गते राती १२ बजेपछि रोकिएको थियो ।
योपनि पढ्नोस्
सर्लाहीमा प्रदेश सरकारको झण्डै १ अर्ब रुपैंया खर्च हुन सकेन
सर्लाहीमा संघीय बजेटबाट कुन पालिकाले कति खर्च गरे ?
सर्लाहीमा चालू र पूँजीगततर्फ १७ अर्ब ४५ करोड खर्च, १ अर्ब ३६ करोड ‘फ्रिज’