logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पर्सा गाउँपालिकाले पनि गर्यो गाउँ सभा, ३४ करोड बराबरको बजेट प्रस्तुत


  • उज्यालो अभियान

मलंगवा, १३ असार – सर्लाहीको सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकाले आज १५ औँ गाउँ सभामा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका अध्यक्ष धीरेन्द्र राय (विस्पत) ले गाउँ सभामा ३४ करोड ३१ लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । यो सँगै सर्लाहीमा २० वटै पालिकाले बजेट ल्याएका छन् ।

स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो गाउँ तथा नगर सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेपनि पर्सा गाउँपालिकामा भने बजेट बाँडफाँडको विषयमा उपाध्यक्ष र वडाध्यक्षको गाउँपालिका अध्यक्षसँग सहमती नहुँदा ३ दिन ढिलो गरी गाउँ सभा गरिएको हो । शुक्रबार गाउँसभाको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष नुतन देवीसहित वडाध्यक्षहरु समेत सहभागी भएका थिए ।

भूगोलको हिसाबले जिल्लाकै सानो (२३.१२) बर्ग किलोमिटरमा फैलिएको पर्सा गाउँपालिकाले कृषि, सिँचाई, शिक्षा, स्वास्थ्य, सडक ढलान र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याएको छ । सर्लाहीका अन्य १९ पालिकाले असार १० गतेभित्रै नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।

गाउँपालिकाको १५ औँ गाउँ सभाको मधेश प्रदेशसभा सदस्य जङ्गीलाल रायको प्रमुख आतिथ्यता तथा छिमेकी हरिपूर्वा नगरपालिकाका नगर प्रमुख विनोदकुमार साह तेली र कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख पुष्पराज गुरागाईंको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको हो ।

याेपनि पढ्नाेस्

पर्सा गाउँपालिकाबाहेक सर्लाहीका अन्य १९ पालिकाले ल्याए बजेट

आज एकैदिन ९ पालिकाले ल्याए नीति तथा कार्यक्रम, बाँकी ६ पालिकामा भोली