लालबन्दी, ०६ बैशाख – पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया सडक आयोजना पूर्वी खण्डको कामका विषयमा लालबन्दीमा छलफल गरिएको छ ।
आयोजना कार्यालय गौरीडाँडा बर्दीवासको आयोजनामा हिजो लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालय भवनमा सरोकारवालालाई बोलाएर छलफल गरिएको हो । छलफलमा आयोजना प्रमुख छविलाल पौडेलले लालबन्दीसहित यस क्षेत्रमा के–कसरी सडक विस्तार हुन्छ भनी जनप्रतिनिधि, सुरक्षा अधिकारी र अन्य सरोकारवालालाई जानकारी गराएका छन् ।
छलफलमा लालबन्दीका नगरप्रमुख बासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, सुुरक्षा निकाय, उद्योग वाणिज्य संघ, खानेपानी र विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए । पूर्व पश्चिम राजमार्ग विस्तारको काम यस क्षेत्रमा धमाधम जारी छ ।
बिजुली पोल रहेका र रुख रहेका क्षेत्रमा भने काम हुन सकिरहेको छैन् ।