काठमाडाैं, ०४ वैशाख – सर्लाहीको बागमती नगरपालिकाका प्रमुख (मेयर) भरतकुमार थापा जोडिएको मुद्दा हेर्दाहेर्दैमा पुगेको छ । बिहीबारसँगै यो मुद्दा तेस्रोपटक हेर्दाहेर्दैमा पुगेको हो ।
मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा बिहीबार विशेष अदालतमा बहस भएको थियो । बहस नसकिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायणसिंह राई र विदुर कोइरालाको इजलासमा मुद्दाको बहस भएको थियो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको दाबीसहित मेयर थापासहित चारजनाविरुद्ध २८ चैत २०८० मा मुद्दा दर्ता गरेको थियो ।
यस्तै ०७४ असोजदेखि ७९ माघसम्म सार्वजनिक पदधारण गर्दाको अवधिमा थापाले अवैध रुपमा पाँच करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।
-नेपालभ्यूज अनलाइनबाट
याे पनि पढ्नाेस्
बागमतीका मेयर भरत थापाविरुद्द अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता
बागमतीका मेयर थापाविरुद्ध अर्को मुद्दा, भरत तालमा ३० करोड भ्रष्टाचारको आरोप