
पिता बलिराम झासँगै जयश्री ।
घुर्काैली, ०८ फागुन – कविलासी नगरपालिका-७ गैर बजार निवासी नेपाली कांग्रेसका नेता बलिराम झा/रेखा चाैधरी दम्पतिकि छाेरी जयश्री झाकाे जन्मदिनमा बालबालिकाहरुलाई भाेजन गराईएकाे छ ।
हाल बेल्जियमकाे लुभेन शहरमा बसाेबासरत एवं माईक्राेसफ्ट कम्पनिमा कार्यरत जयश्रीकाे जन्मदिनकाे अवसरमा उनका बुबा बलिराम झाले हरिवनकाे घुर्काैली स्थित चेतना सन्देश नेपालद्वारा संचालित द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिकालाई १ छाक भाेजनका लागि सहयाेग गराएका हुन् । बुधबार साँझ बालआश्रममा झासहित नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, निवर्तमान अध्यक्ष टंकबहादुर क्षेत्री, हरिवन सिटी जेसिजका संस्थापक अध्यक्ष एवं व्यवसायी विनाेद महत लगायतकाे उपस्थिती रहेकाे थियाे ।
हाल कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका झाले छाेरीकाे जन्मदिनकाे अवसरमा बालगृहमा आश्रित बालबालिकालाई भाेजन गराउन पाउँदा सारै आनन्दानुभुती महसुस भएकाे बताए । सपरिवार बेल्जियममै बस्दै आईरहेका झा केही दिनअघि सर्लाही आएका हुन् । बालगृहका व्यवस्थापक नविन लामाले सहयाेगप्रति झा परिवारमा हार्दिक आभार प्रकट गरे ।