नवलपुर, २२ माघ – पत्रकार टंकबहादुर क्षेत्री र शिव पुरीले आज सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा भोजन गराएका छन् ।
हरिवन नगरपालिका ८ चापिनी निवासी नेपाल पत्रकार महासंघ सर्लाहीका निवर्तमान अध्यक्ष क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा एक छाक भोजनको प्रवन्ध मिलाएका हुन् । त्यस्तै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य रौतहटको चन्द्रनिगाहपुर निवासी पुरीले दिवंगत बुवा पूर्णबहादुर पुरीको ४५ औँ पुण्य तिथीको अवसर पारेर जुटपानी आश्रमका वृद्धवृद्धालाई स–परिवार आश्रममा उपस्थित भई मिष्ठान भोजन गराएका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।
त्यस्तै पिल ल्याण्ड मन्टेश्वरी लालबन्दी ७ ले आज संस्थापक शर्मिला घिसिङ, प्रिन्सीपल सुजितकुमार चौधरीलगायतको उपस्थितिमा आश्रमका बुवाआमालाई एक छाक भोजनको प्रवन्ध मिलाएको छ ।