logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आज दिउँसोबाट सर्लाहीमा चिसो स्याँठ, जाडो झनै बढ्यो


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, ०६ माघ – सर्लाहीमा आइतबार दिउँसोबाट चिसो स्याँठ चलिरहेको छ ।

पारिलो घाम लागिरहेकोमा दिउँसोबाट एक्कासी मौसम बद्ली भएर स्याँठ चल्न सुरु भएको हो । आजबाट चिसो झनै बढेपछि न्याना तथा ताता कपडा नभएकाहरु झनै प्रभावित बनेका छन् ।

सर्लाहीमा बिहान र बेलुका हुस्सु लागे पनि दिउँसोपख पारिलो घाम लाग्ने गरेको थियो ।