logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अपहरित बालकको उद्धारसँगै सर्लाहीबाट तीनजना पक्राउ


  • उज्यालो अभियान

बालक अपहरण गरेको आरोपमा पक्राउ परेका अभियुक्त । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय सर्लाही)

ब्रह्मपुरी, २९ पुस – अपहरणमा परेका १५ वर्षीय भारतीय बालकको सर्लाही प्रहरीले सकुशल उद्धार गरेको छ ।

बालकको सकुशल उद्धार गरेको प्रहरी टोलीले अपहरण गरेको आरोपमा १ जना भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको टोलीले गत आइतबार दिउँसो १ बजे ब्रह्मपुरी गाउँपालिका–४ निवासी ६८ वर्षीय रामजी साह, १९ वर्षीय विक्रम पासवान र भारतको सितामडी जिल्ला राजवाडा ग्रामपंचायत मुसहर्निया टोल निवासी २७ वर्षीय प्रवचन साहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनिहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली, BR06BT2850 नम्बरको भारतीय मोटरसाईकल, मोबाईल १ थान, धारिलो चक्कु १ थान, हथौडा १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । डीएसपी श्रेष्ठका अनुसार पक्राउ परेका तीनैजना विरुद्ध सर्लाही जिल्ला अदालतबाट अपहरण, शरिर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।