logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

फोनिज सर्लाहीको अध्यक्षमा पुन: बलम्पाकी


  • उज्यालो अभियान

हरिवन, २६ पुस – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सर्लाहीको नेतृत्व चयन भएको छ ।

विहिबार हरिवनमा सम्पन्न चौथो जिल्ला अधिवेशनले यस उज्यालो अभियान मिडियाकर्मी समेत रहेका थाहा खबरका समाचारदाता घनश्याम बलम्पाकीकै अध्यक्षतामा सात सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । सामुदायिक रेडियो सर्लाहीमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रिना आले, सचिवमा राजु लो तामाङ, सहसचिवमा सलिना मगर, कोषाध्यक्षमा चन्द्र बहादुर जिम्बा तामाङ तथा सदस्यहरूमा राजेश मगर र सुमन लामा (सोनाम) लाई चयन गरेको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा कृष्ण कुमार एस्माली र तेज नारायण आले चयन भएका छन् ।

मधेश प्रदेश सभा सदस्य एवं मधेश प्रदेश सरकारकी पूर्व मन्त्री बेची लुङ्गेलीको प्रमुख आतिथ्यता तथा नेकपा एकीकृत समाजवादी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, फोनिजका केन्द्रीय विधान समिति सदस्य शंकर श्रेष्ठ, फोनिज मधेस प्रदेश निवर्तमान अध्यक्ष प्रमेश बादे, रेडियो सर्लाहीका अध्यक्ष भरत कुमार कार्की, नेपाल पत्रकार महासंघ सर्लाहीका निवर्तमान अध्यक्ष टंक बहादुर क्षेत्री, प्रेस चौतारीका अध्यक्ष अच्युतम सापकोटा, प्रेस सेन्टर नेपालका सर्लाही अध्यक्ष श्रवण थापा, नेपाल तामाङ पत्रकार सङ्घ सर्लाहीका सहसचिव प्रदिप भोलन लगायतको आतिथ्यता रहेको थियो ।