बसबरिया, १० पुस – सर्लाहीको बसबरिया गाउँपालिकामा चालू आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ ।
बजेट भागबन्डामा सहमती जुटेसँगै गएसाँझ अबेर गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो । गाउँसभाले ४२ करोड ३८ लाख २० हजार रुपियाँ बराबरको बजेट पारित गरेको हो ।
शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर दिएर बजेट निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष राम सिंहासन रायले उज्यालो अभियानसँग बताए ।