logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बसबरियामा बजेट ल्याउन सहमती जुट्यो, भोली सार्वजनिक गरिने


  • उज्यालो अभियान

बसबरिया, ०७ पुस – सर्लाहीको बसबरिया गाउँपालिकामा बजेट पारित गराउने विषयमा बल्ल सहमती जुटेको छ ।

आर्थिक वर्ष सूरु भएको ५ महिना भइसक्दा समेत गाउँपालिकाले बजेट पास गर्न सकेको छैन् । गाउँसभा अन्तर्गत आज भएको बन्दसत्रले भोली बजेट ल्याउने निर्णय गरेको गाउँपालिका अध्यक्ष रामसिंहासन रायले दावी गरेका छन् ।

आज रातभरमा बजेट तयार पारेर भोली सार्वजनिक गर्ने तयारी गरिएको हो । असारमै ल्याउनुपर्ने बजेट अहिलेसम्म नआउँदा बसबसरिया गाउँपालिका अन्तर्गतका कर्मचारी, शिक्षक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतले तलब, भत्ता खान पाएका छैनन् ।

जनप्रतिनिधिबीच कुरा मिलेसँगै अब भने बजेटको गाँठो फुुक्ने अवस्था आएको हो । बजेटको विषयमा भागबण्डा मिल्न नसक्दा तराईका केही पालिकामा वर्षेनिजसो बजेट ल्याउन बिलम्ब हुने गरेको छ ।