भक्तिपुर, ०६ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. २ मा आज १०२ घर दलित परिवारलाई सिरक वितरण गरिएको छ ।
वडा नं. २ को राइटरखोर र मियाँखोरका दलित परिवारलाई ‘द रोटरी क्लब अफ ठमेल’ को आयोजना तथा ‘क्लब अफ अन्नपूर्ण हाइस्कुल’ र महालक्ष्मी विकास बैंकको समन्वयमा सिरक वितरण गरिएको हो । राष्ट्रिय आधारभूत विद्यालय हरिनगर राइटरखोरमा नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जितादेवी चौधरी, वडाध्यक्ष सुरेन्द्रबहादुर कार्की, आयोजक क्लबका अध्यक्ष समिर कार्कीलगायत भएर सिरक वितरण गरेका छन् ।
द रोटरी क्लब अफ ठमेलका अध्यक्ष समिर कार्कीसहित स्थानीय यूवाले पहल गरेर आफ्ना गाउँका आर्थिक अवस्था कमजोर रहेका दलित परिवारलाई जाडोयाममा सिरक पाउने वातावरण बनाएका हुन् ।