logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

क्षयरोग सम्वन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन


  • उज्यालो अभियान

फाइल तस्बीर ।

पुनर्वास, ०३ पुस – लालबन्दी नगरपालिका–२, पुनर्वासमा आज क्षयरोगमुक्त लालबन्दी नगरपालिका अभियान अन्तर्गत क्षयरोग सम्वन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र लालबन्दी २ पुनर्वासको आयोजनामा सहलेश देव मन्दिरको प्राङ्गण पुनर्वासमा जनचेतनामूलक सडक नाटक देखाइएको हो । स्वास्थ्यकर्मी तथा पाँचकुमार प्रावि पुनर्वास, नवजीवन विद्याश्रम मावि जुटपानी र नेत्रगन्ज प्रावि गैरीका शिक्षकहरु कलाकार बनेर देखाएको सडक नाटकको लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानी, क्षयरोग संयोजक राकेशकुमार महतो, स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडा, रोशन चौधरीलगायतले समेत निरीक्षण गरेका छन् ।

सडक नाटकमार्फत क्षयरोगसँगै बालबालिकालाई नियमित खोप लगाउन र नियमित गर्भ परीक्षण गराउन पनि सचेत गराइएको आधारभूत स्वास्थ्य सेवा केन्द्र पुनर्वासका कार्यालय प्रमुख सन्तोषकुमार साहले जानकारी दिए ।