logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण


  • उज्यालो अभियान

पर्सा, ०३ पुस – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको छ ।

गाउँपालिकाले ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसकै सन्दर्भ पारेर हिजो गाउँपालिकाभित्रका करिव एक सय जना व्यक्तिलाई कम्बल वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादव (बिस्पत), प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङ, वडाध्यक्ष, कर्मचारीलगायत भएर कम्बल वितरण गरेका गाउँपालिका कार्यालयले जनाएको छ ।

अपाङ्गता दिवस केही दिनअघि मनाइएको थियो ।