logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बसबरियामा परिवार नियोजन बन्ध्याकरण शिविर सुरु


  • उज्यालो अभियान

सहोड्वा, ०२ पुस – सर्लाहीको बसबरियामा आजबाट परिवार नियोजन बन्ध्याकरण शिविर सुरु भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले वडा नं. ६ स्थित सहोड्वा स्वास्थ्य चौकीमा पुस ५ गतेसम्मका लागि परिवार नियोजन बन्ध्याकरण शिविर सुरु गरेको हो । शिविर राख्नका लागि स्वास्थ्य कार्यालय मलंगवा र मेरी स्टोप्स् इन्टरनेशनल नेपालले सहयोग गरेका छन् ।

शिविरको आज गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायसहित विशेषज्ञ चिकित्सकसहितको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको स्वास्थ्य कार्यालय मलंगवाका रामदुुलार रायले बताए ।