logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लेखा प्रमुख कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी


  • उज्यालो अभियान

हरिवन, ०२ पुस – सर्लाहीको हरिवन नगरपालिकाका लेखा प्रमुख प्रतिक कार्कीलाई अर्को व्यवस्था नहुन्जेलसम्म प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा प्रमुख कार्कीलाई तत्कालका लागि आर्थिक अधिकारसहित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा सरुवा भएर गएदेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कर्मचारीले दशैँपछि तलब भन्दा खान पाएका थिएनन् । अन्य आर्थिक कारोवार पनि ठप्प थियो ।

यस्तै मन्त्रालयले नगरपालिकामा कार्यरत लेखापाल शेख अख्तर रजालाई लेखा प्रमुखको जिम्मेवारी तोकेर पत्र पठाएको हरिवन नगरपालिकाले जनाएको छ ।

कार्कीले प्रमुख प्रशासकीय अधिकृत र रजाले लेखा प्रमुखको जिम्मेवारी पाएपछि आज नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारीले फूलमाला, अविर र खादाले सम्मान गरेका छन् ।