लालबन्दी, ०२ पुस – इलाका प्रहरी कार्यालय लालबन्दीले भन्सार छलेर ल्याइएको कपडा राखिएको गोदाममा छापा हानेको छ ।
लालबन्दी प्रहरी प्रमुख (इन्स्पेक्टर) सुुजन पाठक नेतृत्वको प्रहरी टोलीले ठूलो परिमाणमा भन्सार छलीको कपडा बरामद गरेको हो । भन्सार छली चोरी पैठारी गरेर ल्याइएका कपडा गोदाम गरी राखिएको विशेष सूचना पाएपछि लालबन्दी प्रहरीको टोली हिजो दिउँसो लालबन्दी ७ बजारस्थित अशोक कुमार जोशीको घरमा पुुगेको थियो ।
जोशीको घरमा व्यापारीले गोदाम गरी राखेको ४ लाख ५९ हजार ७०० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरिएको लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । घरधनीलाई खानतलासी सूचना पुुर्जी दिइ चेकजाँच गर्दा भन्सार छलेर ल्याइएको १०९ थान गलबन्दी, ११८ थान कुुर्ता सुरुवाल, १६० थान सुुइटर, १६५ थान लेगीज, १७० थान लेडिज कुर्ता, ११८ थान कुर्ता, ११५ थान ज्याकेट र १० थान लेडिज फ्रक बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
बरामद गरिएको कपडा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवा पठाइएको छ ।