logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कांग्रेसले गर्यो पत्रकार महासंघ सर्लाहीको नयाँ नेतृत्वलाई सम्मान


  • उज्यालो अभियान

हरिवन, ०१ पुस – नेपाली कांग्रेस सर्लाहीले आज नेपाल पत्रकार महासंघ सर्लाहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको छ ।

पार्टीले हरिवनस्थित सगुन सहकारीको सभा हलमा एक कार्यक्रमको आयोजना गरी महासंघको नयाँ नेतृत्वमा चुनिएकाहरुलाई सम्मान गरेको हो । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, जिल्ला सचिव निरोज कार्की, जिल्ला कोषाध्यक्ष विगुुप्रसाद चौधरीलगायत भएर पत्रकार महासंघको जिल्ला शाखाका नवनिर्वाचित अध्यक्ष ओमप्रकाश ठाकुरसहित अन्य पदाधिकारी र सदस्यलाई सम्मान गरेका छन् ।

जिल्ला सभापति सिंहले हस्ताक्षर गरेको सम्मान–पत्रमा सत्य, तथ्य तथा निष्पक्ष रुपमा सदैव कलम चल्नेछ भन्ने कामनासहित सफल कार्यकालको शुुभकामना व्यक्त गरिएको छ ।