लालबन्दी, ०१ पुस – सर्लाहीको लालबन्दीमा महिला तथा दलित जनप्रतिनिधिका लागि योजना निर्माण, बजेट कार्यान्वयन तथा कानून सम्वन्धी एक दिने कार्यशाला सम्पन्न गरिएको छ ।
बाल संरक्षण संस्थाको आयोजना तथा तान नेपाल (लुम) को सहकार्यमा एक दिने कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा लालबन्दी नगरपालिकाको १७ वटै वडाका महिला तथा दलित वडा सदस्य गरी २० जना सहभागी भएका थिए ।
सहभागीलाई लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले योजना निर्माण, बजेट कार्यान्वयन र कानूूनका सम्वन्धमा प्रष्ट पार्ने काम गरेका बाल संरक्षण संस्था लालबन्दीले जनाएको छ । सहभागी महिला तथा दलित वडा सदस्यले आगामी दिनमा नगरको योजना निर्माण र बजेट कार्यान्वयनमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै संस्थाले लुम नेपालसँगकै सहकार्यमा संस्थाका कार्य समिति सदस्य र साधारण सदस्यलाई संस्थागत विकास, संस्थाको रणनीतिक योजना परिमार्जन तथा क्षमता विकास सम्वन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ ।
सहभागी २० जना कार्य समिति सदस्य तथा साधारण सदस्यलाई रजनीकान्त झाले सहजीकरण गरेका थिए ।