logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पत्रकार महासंघको नयाँ कार्य समितिलाई चन्द्रनगर गाउँपालिकाको सम्मान


  • उज्यालो अभियान

बबरगन्ज, ३० मंसिर – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आज नेपाल पत्रकार महासंघ सर्लाही शाखाको नयाँ कार्य समितिलाई सम्मान गरेको छ ।

चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा गाउँपालिका अध्यक्ष राजकुमार महतोले महासंघका नवनिर्वाचित अध्यक्ष ओमप्रकाश ठाकुरसहित अन्य पदाधिकारी, सदस्य र केन्द्रीय परिषद् सदस्यलाई सम्मान गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष महतोले आफू सँधै संचारकर्मी र सरकारबिचको सम्वन्ध सुुमधुर रहनुपर्ने पक्षमा रहेको उल्लेख गर्दै नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्य समितिलाई सफल कार्यकालको शुुभकामना व्यक्त गरेका छन् ।