प्रतिकात्मक तस्बीर ।
पिडारी, २८ मंसिर – सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा धान झारिरहेको थ्रेसरको तापक्रम बढेर आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
पिडारीका रवीन्द्र रायको आँप बगैँचामा थ्रेसर लगाएर धान कुुट्ने काम भइरहेका बेला थ्रेसरको तापक्रम बढ्न गइ आगलागी भएको हो । आगलागीबाट परालको टाल, १० कठ्ठा बासमती धानको थुुप्रो र १० बोरा बासमती धान जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
पीडितले आगलागीबाट दुुई लाख २० हजार रुपियाँ बराबरको क्षति भएको बताएका छन् । आगलागी गाउँले, इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरीको सुरक्षा बेश क्याम्प फरहदवाबाट खटिएको प्रहरी टोलीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
हिजो दिउँसो करिव साँढे ३ बजेदेखि सुरु भएको आगलागी साँझ ६ बजेपछि मात्रै नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।