चन्द्रनगर, २३ मंसिर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–४, स्थित गरहा टोलमा आयोजित पन्च वर्षीय गढिमाई मेलामा आज सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँवासीले आयोजना गरेको मेलामा आज सहयोगी व्यक्तिहरुलाई सम्मान गरिएको हो । मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका पार्टी प्रतिनिधि, स्थानीय अगुवालगायतको उपस्थिति रहेको थियो ।
गराहाटोलमा गएको शुुक्रबारदेखि गढिमाई मेला लगाइएको छ । सर्लाहीमा अहिले चन्द्रनगरसहित कविलासी, बलरा, रामनगरलगायत एक दर्जन बढी स्थानमा बाराको महागढिमाईकै झैँ गढिमाई मेला महोत्सव लगाइएको छ ।