File Picture
बरहथवा , २३ मंसिर – सर्लाहीमा दिउँसोपख पनि पारिलो घाम लाग्न छाडेर चिसो बढेको छ ।
यहाँ साँझ–बिहान र रातको समयमा चिसो बढ्दो छ । विगत केही दिनदेखि दिउँसोपख समेत घाम लाग्न छाडेपछि चिसो बढेको हो ।
अधिक जाडो हुने महिना पुस नजिकिँदै गर्दा बढ्दो चिसोले गरिबगुरुवालाई चिन्ता थपिएको छ । सर्लाहीजस्तो तराई मधेशमा धेरै परिवारमा शरीर ढाक्ने न्याना कपडा र रातिको ओढ्नेओछ्याउने छैन् ।
धेरै विपन्न परिवारका मानिस अहिले पनि पराल ओछ्याएर सुुत्ने र घुर ताप्नुुपर्ने अवस्थामा छन् । चिसो बढ्दा दैनिक मजदुरी गर्नेलाई पनि विस्तारै गाह्रो पर्न थालेको छ ।
हुस्सु लागेर शित झरी चिसो बढ्दै जाँदा ग्रामीण भेगका किसानलाई वस्तुुभाउ सुरक्षितसँग राख्न समस्या परेको किसानले बताएका छन् । चिकित्सकले यो चिसोमा वृद्धवृद्धा, दीर्घ रोगी, बालबालिका, अशक्तलगायतलाई चिसोको संक्रमण गढ्ने भएकाले ख्याल गर्न आग्रह गरेका छन् ।
अहिले चिसोसँगै धुलो, धुुँवाको प्रदुुषण पनि उत्तिकै छ । कच्ची ग्रामीण सडकमा यात्रुु र सडक छेउछाउ घर भएकाहरुलाई धुुलाले सास्ती दिइरहेको हाम्रा संवाददाताले जनाएका छन् ।
बाक्लो हुुस्सु र शितका कारण आलु, गोलभेँडालगायतका बालीनाली तथा तरकारीमा ठण्डीले भेट्न थालेसँगै किसानले औषधिको प्रयोग गर्न थालेका छन् ।