logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मर्यादित महिनावारी दिवस : लालबन्दीमा प्रभातफेरि निकालियो


  • उज्यालो अभियान

लालबन्दी, २३ मंसिर – अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा आज बिहान लालबन्दीमा प्रभातफेरि निकालिएको छ ।

विभिन्न संघसंस्था तथा निकायको आयोजनामा लालबन्दीस्थित पूूर्व राजमार्गमा प्रभातफेरि ¥याली निकालिएको हो । मर्यादित महिनावारीका लागि राधा पौडेल फाउण्डेसनसँग मिलेर कार्यक्रम संचालन गर्दै आएको बाल संरक्षण संस्थासहित नगर अस्पताल, गाउँ सुधार विकास संस्था, सुनाखरी महिला सहकारी संस्था, इलाका प्रहरी कार्यालय लालबन्दी लगायतको समन्वयमा प्रभातफेरि निकाल्दै अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो ।

प्रभातफेरिमा मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, सुरक्षाकर्मी र आयोजक संघसंस्थाका प्रतिनिधि सहभागी भएका छन् ।

नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘यौन तथा प्रजनन् स्वास्थ्य अधिकार ः मर्यादित महिनावारी हो आधार’ भन्ने रहेको छ ।