logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाँके जंगलमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • उज्यालो अभियान

फुलजोर, २३ मंसिर – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बाँके जङ्गलस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथान जाने चोकमा पूर्वबाट फुलजोरतर्फ आउँदै गरेको ज २ प ७९९२ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको नम्वर खुुल्न नसकेको बोलेरोले ठक्कर दिँदा महोत्तरीको औरही नगरपालिका–५, श्रीपुर बस्ने २३ वर्षीय दिलिप मुखियाको मृत्यु भएको हो । मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुुझेका छन् ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–५, फूलजोर बस्ने ३३ वर्षीय शङ्कर मोक्तान घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेको बोलेरो गाडीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।