बागमती, २० मंसिर – सर्लाहीको बागमती नगरपालिका–४, मा आयोजित प्रथम जिरायत कप फुुटबलको उपाधिका लागि आज महाकाली युवा क्लब रानिगन्ज र आरएफसी हरिवनले प्रतिस्पर्धा गर्दै छन् ।
फाइनल खेल दिउँसो २ बजेपछि जिरायतस्थित आयोजक ऊँ युवा क्लबको खेल मैदानमा सुरु हुने छ ।
महाकालीले बागमती फुटबल एकेडेमीलाई र आरएफसीले रतनपुर युनाईटेड युुथ क्लब बारालाई पराजित गर्दै फाइनलमा आइपुुगेका हुन् ।
प्रतियोगिताको बिजेताले ५० हजार ५१ रुपैयाँ र उपबिजेतो २५ हजार ५१ रुपैयाँ प्राप्त गर्ने आयोजक ऊँ युवा क्लब जिरायतले जनाएको छ ।