logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपुर २ मा गढिमाई मेला सुरु


  • उज्यालो अभियान

हरिपुर, २० मंसिर – सर्लाहीको हरिपुर नगरपालिका २ मा गढिमाई पूजा मेला महोत्सवको उद्घाटन गरिएको छ ।

स्थानीय गाउँले मिलेर आयोजना गरेको गढिमाई मेला महोत्सव मंसिर २५ गतेसम्म संचालन हुने हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए । सर्लाहीमा अहिले एक दर्जन भन्दा बढी स्थानमा गढिमाई मेला महोत्सव लागिरहेका छन् ।

रामनगर, बलरालगायतका स्थानमा आयोजित गढिमाई मेलाको उद्घाटन भइसकेका छन् भने आज मात्रै कविलासी नगरपालिकाको जमुुनियाँमा पनि गढिमाई मेलाको उद्घाटन गर्ने तयारी भइरहेको छ ।