कविलासी, १५ मंसिर – धमाधम धान बाली भित्याइरहेका सर्लाहीका किसानलाई ३ दिनदेखि मौसमले साथ दिँदा राहत मिलेको छ ।
चुरेभेगका किसानले चाडबाड अघि नै धान थन्काएर अरु बाली लगाइसके पनि पूर्व पश्चिम राजमार्गदेखि दक्षिणतर्फ अहिले बल्ल धान भित्र्याउने चटारो छ । धान भित्याइरहेका किसान गत बिहीबारदेखि मौसम सफा भई घाम लागेपछि खुसी देखिएका छन् ।
यहाँ आज पनि बिहानैदेखि घाम लागेर मौसम उघ्रदै गएको छ । मंसिर लागेदेखि लगातार मौसम धुुम्म भएर दिउँसोसमेत तुुँवालो र हुस्सु लाग्दा धान सुुक्न पाइरहेको थिएन । बिहीबारबाट भने मौसम सफासँग उघ्रिएर धान भित्र्याउन अनुुकूूल हुने गरी घाम लागिरहेको छ ।
सर्लाहीको दक्षिणी बेल्टमा सिँचाईका लागि पानी उपलब्ध रहेकाले किसानले ढिलो पाक्ने र बढी उत्पादन हुने धान रोप्ने गरेका छन् । यस भेगमा अहिले अधिकांश किसान खेतमा नै देखिन्छन् । किसानलाई धान काट््ने, थ्रेसर लगाउने, धान तथा पराल थन्काउन भ्याइनभ्याइ रहेको हाम्रा संवाददाताले जनाएका छन् ।
यो वर्ष असार, साउनदेखि नै वर्षाले साथ दिएर धानको बोट राम्रो भएपनि दाना लाग्ने तथा पाक्ने समयमा ठूलो वर्षा तथा रोग, कीराको प्रकोपले बोट अनुसार उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।