प्रतिकात्मक तस्बीर ।
चक्रघट्टा, १५ मंसिर आगलागीमा परेर सर्लाहीको चक्रघट्टामा एउटा घर जलेर नष्ट भएको छ ।
चक्रघट्टा गाउँपालिका ७ पटेर्वामा भएको आगलागीबाट राजकिशोर रायको घर जलेर नष्ट भएको हो ।
खाना पकाउने चुल्होबाट सल्किएको आगोले घर पूर्णरुपमा जल्दा ७ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।