बरहथवा, १५ मंसिर – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै सर्लाहीको बरहथवा आइपुुगेका छन् ।
आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न उनी बरहथवा आइपुुगेका हुन् । पुनले विगत ४ दिनदेखि बरहथवा नगरपालिकाका विभिन्न स्थानमा पुस्तक बेचिरहेका छन् ।
वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उनी किताब बेच्दै हिँडेका हुन् । विद्यार्थी, शिक्षक, कर्मचारी, सुरक्षाकर्मीलगायतले उल्लेख्यरुपमा पुुनको पुुस्तक किनिरहेका छन् । पुन सर्लाहीकै बागमतीका विभिन्न विद्यालय तथा चोक, चौतारामा पुुस्तक बेचेर अहिले बरहथवा पुगेका हुन् ।
उनले यसअघि लालबन्दी र हरिवन नगरपालिकाका विभिन्न स्थानमा यसैगरी पुस्तक बिक्री गरेका थिए । पुनले आज दिनभर गोडैता नगरपालिकाको विभिन्न स्थानमा पुस्तक बेच्ने जानकारी गराएका छन् ।
गोडैतापछि हरिपुर बजारमा पुस्तक बिक्रीका लागि समय छुुट्याइएको छ । पुनलाई किताब बेच्नका लागि यहाँका सामाजिक अगुवाले सहयोग गरिरहेका छन् । उनीहरुले विभिन्न चोक, चौतारा, विद्यालय र कार्यालयमा पु¥याएर किताब बिक्री गराउन पुनलाई सहयोग गरिरहेका हुन् ।
सुदूरपश्चिमको महेन्द्रनगरबाट पुुन किताब बेच्दै मधेश प्रदेशको सर्लाही आइपुुगेका हुन् । उनले प्रति किताब सात सय रुपियाँमा बिक्री गरेका छन् ।
पुुनले आफ्नो किताब तीन लाख जतिले किनेमा मात्रै करिब १६ करोड जति सङ्कलन हुने र उक्त रकमले वीरगञ्जमा कृषि औजारको कारखाना स्थापना गर्ने उद्देश्य पुरा हुने बताए ।
कृषि औजार कारखाना स्थापना हुन सके त्यसमा झन्डै छ सय जतिले रोजगारी पाउने पुनले जानकारी दिए ।