logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

तस्करीको काठसहित ट्याक्टर र चालक पक्राउ


  • उज्यालो अभियान

लालबन्दी, १४ मंसिर – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुरबाट अवैध काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

ट्याक्टरका चालक समेत पक्राउ परेका छन् । तस्करी गरेर सालको चिरान काठ ओसारपसार भइरहेको सूूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलीले प्रदेश–०२–०३–००१ त १५०७ नम्वरको ट्याक्टर र त्यसका चालक सिन्धुलीको मरिण गाउँपालिका–४, जुटपानी बस्ने २३ वर्षीय सविन बम्जनलाई नियन्त्रणमा लिएको हो ।

उक्त ट्याक्टरबाट सालको तयारी झ्याल १२ थान र ढोका ११ थान बरामद भएको छ ।

बरामद काठ तथा नियन्त्रणमा लिएको ट्याक्टर र चालक बम्जनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीमा बुुझाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।