प्रतिकात्मक तस्बिर ।
बलरा, ११ मंसिर – सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा आज बिहान खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
सोही ठाउँका ४० वर्षीय रुसतम साहको दुुर्घटनामा मृत्यु भएको हो । अनटेष्ट ट्याक्टर अनियनित्रत भइ पल्टिँदा चालक साह च्यापिनु भएको थियो । उनलाई तत्कालै स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिकता स्वास्थ्य केन्द्र अचलगढ ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बलराले जनायो ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।